Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटायो


अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटायो

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएको छ । नीतिगत बैठकपछि बैैंकले प्रमुख ब्याजदरमा ५० आधार बिन्दुले कटौती गरेको हो । यो ब्याजदरमा गरिएको सन् २०२० को मार्चपछिको पहिलो कटौती थियो ।

योसँगै ब्याजदर ४ दशमलव ७५ प्रतिशत देखि ५ प्रतिशतका बीचमा रहेको छ । यस अघि फेडरले अमेरिकामा अनियन्त्रित बनेको महँगी दरमा नियन्त्रण गर्न सन् २०२२ को मार्च देखि सन् २०२३ को जुलाईबीच ११ पटक ब्याजदर बढाएको थियो ।

अघिल्लो बैठकमा फेडले ब्याजदर यथावत् राख्दै बाँकी अवधिमा ब्याजदर घटाउन सकिने सङ्केत गरेको थियो । फेडको ब्याजदर कटौतीसँगै विश्व शेयर बजार हरियालीमा आउने शेयर बजार विश्लेषकहरूको विश्वास छ ।

फेडको ब्याजदर कटौतीपछि अमेरिका सरकारले जारी गर्ने ऋणपत्रको ब्याजदर पनि घट्नेछ । यस्तोमा लगानीकर्ताहरूले आफ्नो पैसा ऋणपत्रमा लगाउनुको सट्टा शेयर बजारमा लगानी गर्नेछन् ।