Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारी मन्त्रीनै सहकारी पीडितहरुको विपक्षमा, भनेः बैंकबाट ऋणलिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरु नै आन्दोलन


सहकारी मन्त्रीनै सहकारी पीडितहरुको विपक्षमा, भनेः बैंकबाट ऋणलिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरु नै आन्दोलन

काठमाडौँ । पछिल्लो समय सहकारी पीडितहरुको आन्दोलनलाई लक्षितगरि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले दिएको अभिव्यक्तीको चर्चा भइरहेको छ । बुधवार काठमाडौंमा सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस कार्यक्रममा बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरुले आन्दोलन गरिरहेको आरोप लगाएका थिए ।

उनले बढी ब्याज खान खोज्नेहरुले नै सहरकारी पीडितहरुको अगुवाई गरेर आन्दोलन गरिरहेको बताएका हुन । मन्त्री अधिकारीले सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको पनि बताए । उनले कसैले स्वार्थ पूरा गर्न लागेका सहकारी देखाएर सबै सहकारी नराम्रो हो भन्ने भाष्य बनाउन खोजिएको दाबी गरे। मन्त्री अधिकारीले सरकारले सहकारीका समस्या समाधानको लागि सहकारी अगुवा र पीडित जनताका सुझाव लिएर काम अघि बढाइरहेको बताए ।

उनले वार्तामा ८ बुँदे सहमति भएपछि ७ वटा बुँदामा एकहप्तामा काम सुरु गरेको बताए । एउटा बुँदामा काम गरेका छैनौं उनले भने, संसद्ले संसदीय समिति बनाएर छानविन गरिरहेको छ । समस्यामा आएका सहकारीका समस्या समाधानको लागि समस्याग्रस्त सहकारी समिति बनाएका छौं । छानविन समितिको सुझाव अनुसार सरकारले काम गर्छ ।

तर फेरि पनि आन्दोलन भइरहेको छ । किन रहेछ भन्दा मान्छेहरू बैंकबाट ऋण लिएर बढी ब्याज लिन र नाफा कमाउन सहकारीमा राख्नेहरू देखिएका छन् । मन्त्री अधिकारीले सहकारीका समस्या समाधान गर्न सरकारले पनि पहल गरिरहेको र पीडितहरूले पनि कानुन बमोजिम उपचार खोज्नुपर्ने बताए ।