Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से मंगलबार १४ अंकले घट्यो


नेप्से मंगलबार १४ अंकले घट्यो

काठमाडौं । सोमबार झिनो अंकले सकारात्मक बनेको नेप्सेको सुधार मंगलबारसम्म टिकेन । मंगलबार बजार खुले देखि निरन्तर ओरालो लागेको नेप्से अन्त्यमा १४।२९ अंकले घटेर १ हजार ८ सय ६४।४० अंकमा ओर्लेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से ०.७६ प्रतिशतले कम हो ।

सोमबार नेप्से ३.०४ अंकले बढेर १ हजार ८ सय ७९।७० विन्दुमा बन्द भएको थियो । गत आइतबार भने नेप्से २८ अंकले घटेको थियो । उक्त दिन २५ हजार ६ सय २५ वटा कारोबारबाट २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच भएको छ ।

ती किनबेचमा ५७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत आइतबार र सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेको हो । गत सोमबार ६९ करोड ४२ लाख र आइतबार ७४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये १९३ वटा कम्पनीको सेयर मूल्य बढ्यो । ३८ वटा कम्पनीको घट्यो भने ७ वटाको सेयर मूल्य स्थिर छ । नेप्से परिसूचकमा कमी आएसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि घटेर २८ खर्ब ९४ अर्ब रुपैयाँमा सिमित भएको
छ ।