Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘एमएडब्लु इभी कार्निभल’ आज


‘एमएडब्लु इभी कार्निभल’ आज

काडमाडौँ । नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गर्दै  छ । यो कार्यक्रम काठमाडौं उपत्यकाको अमरपाली बैंक्वेट, नक्सालमा फागुन १८ देखि २१ गतेसम्म (आइतबारदेखि बुधबारसम्म)बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म दैनिक सञ्चालन हुनेछ।

साथै, उपत्यका बाहिरका सम्बन्धित शोरुमहरूमा पनि यो कार्निभल आयोजना हुने कम्पनीले जनाएको छ । विराटनगरमा यो कार्यक्रम कञ्चनजङ्घा बैंक्वेटमा आयोजना हुनेछ भने चार दिनसम्म चल्ने नेपालकै ठूलो इभी कार्निभल ग्राहकले पछिल्लो समयमा नेपालमा निकै रुचाइएको र चर्चा कमाइरहेको दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नुका साथै अभुतपूर्व अफरको फाइदा उठाउँदै इभी खरिद गर्न सकिनेछ ।

यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस०७, एस०७एल, एल०७का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सकिने जनाइएको छ ।