Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मिड सोलु हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट


मिड सोलु हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट

काठमाडौं । एनआईसी एसिया क्यापिटलको निस्कासन तथा बिक्री प्रबन्धकत्वमा वैदेशिक रोजगारमा जानेका लागि खुलेको मिड सोलु हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरिएको छ ।

जारी पुँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० कित्तामध्ये ७४ हजार ८४० कित्ता वैदेशिक रोजगारमा जानेका लागि खुलाइएको थियो ।

जसमध्ये कुल ३१ हजार ५२२ जना आवेदकबाट ७ लाख ४ हजार २ सय कित्ता सेयर खरिदको लागि आवेदन परेकोमा सोमध्ये रितपूर्वक नदेखिएका आवेदन रद्दपछि जम्मा २९ हजार ६४१ जना आवेदन योग्य पाइएको क्यापिटलले जनाएको छ । गोलाप्रथाको माध्यमबाट १० देखि ३ हजार कित्तासम्म आवेदन दिने ७ हजार ४८४ जना आवेदकलाई १० कित्ताको दरले ७४ हजार ८४० कित्ता बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । यसको नतिजा सिडीएससीको अनलाइन प्रणाली आईपीओरिजल्टबाट हेर्न सकिनेछ ।