Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युतीय सवारीसाधन खरिदका लागि ६० प्रतिशतसम्म मात्र कर्जा पाइने


विद्युतीय सवारीसाधन खरिदका लागि  ६० प्रतिशतसम्म मात्र कर्जा पाइने

काठमाडौं । विद्युतीय सवारीसाधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा मूल्यको ६० प्रतिशतसम्म मात्र कर्जा पाइने भएको    छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत उक्त व्यवस्था गरेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाले विद्युतीय सवारीमा बजार मूल्यको ८० प्रतिशतसम्म ऋण प्रवाह गर्दै आएका थिए ।

यस्तै, विद्युतीयबाहेक अरु व्यक्तिगत सवारीसाधन खरिदमा पनि बैंक तथा वित्तीय संस्थाले ६० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि यस्ता सवारीसाधनमा खरिदका लागि मूल्यको ५० प्रतिशतसम्म मात्र ऋण लिन पाइन्थ्यो ।