काठमाडौँ । असोज ११ र १२ गतेको भारी वर्षा र बाढीपहिरोका कारण भएको क्षतिमध्ये मंगलबार (२९ गते) सम्म करिब ८ अर्ब ९८ करोड ३० लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।
एक हजार ३ सय दुई सय ४४ दाबी संख्याबाट उल्लेखित बमोजिमको रकम मागदाबी गरिएको नेपाल बिमा प्राधिकरणको तथ्यांक छ । तर उक्त अवधिमा करिब १७ करोड २८ लाख रुपैयाँ बराबरको बिमा दाबी भुक्तानी भएको छ ।
नियामक निकाय बिमा प्राधिकरणले छिटो र सरल रुपमा दाबी भुक्तानी गर्न कम्पनीहरुलाई निर्देशन दिएपनि दाबी संख्याको आधारमा फर्छ्यौट रकम निकै कम रहेको जानकारहरु बताउँछन् ।
गत मंगलबारसम्म ९७ वटा दाबीको मात्र भुक्तानी भएको नेपाल बिमा प्राधिकरणले जनाएको छ । यो असोज १० देखि २९ सम्मको मात्र तथ्यांक हो । दाबी पर्ने क्रम चलिरहेकाले दाबी संख्या र रकम अझै बढ्ने सम्भावना रहेको प्राधिकरणले बताएको छ ।