Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको छत भत्किँदा ६ जना घाइते


इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको छत भत्किँदा ६ जना घाइते

एजेन्सी । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको छत भत्किँदा ६ जना घाइते भएका छन्। शुक्रबार बिहान भारी वर्षा भइरहँदा विमानस्थलको टर्मिनलतर्फको छत खस्दा ६ जना घाइते भएका हुन्। बिबिसीका अनुसार टर्मिनलको छत त्यहाँ रहेको ट्याक्सी र कारमाथि खसेको हो।

कार र ट्याक्सीमा रहेका केही मानिसहरू घाइते भएका हुन्। छतलाई अड्याएर राखिएको बिमसमेत भत्किँदा त्यहाँ पिक अप र ड्रप गर्न आएका गाडीहरू समेत दुर्घटना भएका छन्। नागरिक उड्ड्यन मन्त्री के राममोहन नायडूले घाइतेहरूलाई अस्पताल लगिएको छ।

विमानस्थलका प्रवक्ताले भारी वर्षाका कारण ५ बजे टर्मिनल १ को पुरानो डिपार्चरको बाहिरी भाग खसेको बताउँदै घाइतेहरूको उपचार भइरहेको बताएका छन्। घटनापछि मौसम टर्मिनल १ को सबै उडान रोकिएका छन्।