Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

८ करोड मूल्यको कोकिनसहित ३ विदेशी महिला पक्राउ


८ करोड मूल्यको कोकिनसहित ३ विदेशी महिला पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित तीन विदेशी महिलालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ गरेका तीनै जना अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको प्रहरीले जनाएको छ ।

वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगाण्डाकी नागरिक ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट पक्राउ परेकी थिइन् । उनले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार पद्दतीबाट निकालिएको प्रहरीले जनाएको छ । पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम थियो ।

त्यस्तै युगाण्डाकै लिलियान सुसन वानयाङजी जेठ २ मा धोबीचौरबाट पक्राउ परेकी थिइन् । उनको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको छ ।

भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पल जेठ २ गते धोबिचौरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनी १ किलो ३९४ ग्राम कोकिन किन्नको लागि धोबिचौर पुगेकी थिइन् ।