Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन


दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहाको लागि माग गर्दै राष्ट्रिय नागरिक श्रमिक महासंघले विरोध प्रदर्शन गरेको छ ।

सोमबार माइतीघर मण्डलमा महासंघले प्रसाईँलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो । प्रसाईँलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले उनलाई तीन दिन हिरासतमा राख्न आइतबार नै प्रहरीलाई अनुमति दिएको थियो । आइतबार उनकै निवासबाट साइबर ब्युरोको टोलीले पक्राउ गरेको थियो ।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो भने गत बुधबार प्रसाईँसहित तीन जनाविरुद्ध काठमाडौं जिल्ला अदालते पक्राउ पुर्जी जारी गरेको थियो ।