Tuesday, December 23, 2025

२०८२ पुष ८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका पाँच जना सर्ट लिस्टमा


लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका पाँच जना सर्ट लिस्टमा

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका पाँच जना सर्ट लिस्टमा परेका छन्। आवेदन दिएका मध्येबाट पाँच जना सर्ट लिस्टमा परेका हुन्।

सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले सिइओ पदमा आवेदन खुलाएको थियो। सिइओका लागि आठ जनाको आवेदन परेकोमा उनीहरूबाट पाँच जनालाई सर्ट लिस्टमा राखिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आवेदकमध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवलाई सर्ट लिस्टमा राखेको हो। सूचीकृत उम्मेद्‍वारहरूको रणनीति र कार्ययोजना, रणनीति छलफल, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षण गरिने छ।

यसका लागि स्थान, मिति र समय तोकेर सूचना प्रकाशित गरिने उल्लेख गरिएको छ। यसरी नाम छनोट गरेर मन्त्रिपरिषदमा सिफारिस गरिने र मन्त्रिपरिषदले एक जनालाई नियुक्त गर्ने छ।