Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी डलर स्थिर


अमेरिकी डलर स्थिर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहीबारको अमेरिकी डलर समान रहेको छ । दुवै दिन अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन यूरो भने थोरै वृद्धि भएको छ । बुधबार यूरो एकको खरिददर एक सय ४४ रुपियाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ५८ पैसा रहेकामा आज एकको खरिदर एक सय ४५ रुपियाँ ३९ पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ ३ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपियाँ १२ पैसा र बिक्रीदर एक सय ७४ रुपियाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपियाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपियाँ ४७ पैसा कायम गरिएको छ ।

अस्ट्रलियन डलर एकको खरिददर ८८ रुपियाँ ३० पैसा र बिक्रीदर ८८ रुपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ४० पैसा र बिक्रीदर ९६ रुपियाँ ८३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ९० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ७८ पैसा र बिक्रीदर आठ रुपियाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८५ पैसा र बिक्रीदर १८ रुपियाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ७४ पैसा र बिक्रीदर ३५ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपियाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपियाँ ९८ पैसा र बिक्रीदर चार रुपियाँ, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ५५ पैसा र बिक्रीदर ३६ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ६५ पैसा र बिक्रीदर ३० रुपियाँ ७० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ९७ पैसा र बिक्रीदर नौ रुपियाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५९ पैसा र बिक्रीदर १२ रुपियाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४९ पैसा र बिक्रीदर १९ रुपियाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ २७ पैसा र बिक्रीदर १७ रुपियाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपियाँ ८३ पैसा र बिक्रीदर चार सय ३९ रुपियाँ ७९ पैसा, बहराइन दिना र एकको खरिददर तीन सय ५६ रुपियाँ र बिक्रीदर तीन सय ५७ रुपियाँ ५९ पैसा तथा भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.23 134.83
EUR  (European Euro) 1 145.39 146.04
GBP  (UK Pound Sterling) 1 174.12 174.89
CHF  (Swiss Franc) 1 154.78 155.47
AUD  (Australian Dollar) 1 88.30 88.70
CAD  (Canadian Dollar) 1 96.40 96.83
SGD  (Singapore Dollar) 1 101.45 101.90
JPY  (Japanese Yen) 10 8.78 8.82
CNY  (Chinese Yuan) 1 18.85 18.93
SAR  (Saudi Arabian Riyal) 1 35.74 35.90
QAR  (Qatari Riyal) 1 36.82 36.98
THB  (Thai Baht) 1 3.98 4.00
AED  (UAE Dirham) 1 36.55 36.71
MYR  (Malaysian Ringgit) 1 30.65 30.79
KRW  (South Korean Won) 100 9.74 9.79
SEK  (Swedish Kroner) 1 12.59 12.64
DKK  (Danish Kroner) 1 19.49 19.57
HKD  (Hong Kong Dollar) 1 17.27 17.35
KWD  (Kuwaity Dinar) 1 437.83 439.79
BHD  (Bahrain Dinar) 1 356.00 357.59