Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

करको दायरा पुनअवलोकन गर्न स्थानीयको माग


करको दायरा पुनअवलोकन गर्न स्थानीयको माग

काठमाडौं,भदौ १४ । मोरङ सुन्दरहरैँचा नगरपालिकाले करको दायरालाई वृद्धि गरेको भनदै यसलाई फिर्ता गर्न आग्रह गरेएका छन्। विभिन्न राजनीतिक दलले यहाँ चरणबद्ध संघर्षका कार्यक्रमलाई जारी राख्दै सर्वसाधारणले तिर्न नसक्नेगरी निर्धारण गरिएको करलाई पुनअवलोकन गर्न माग गरेका हुन्। ती दलले पहिलाकै अवस्थामा करलाई ल्याउन अनुरोध गर्दै यसो नगरिए थप आन्दोलन गर्ने चेतावनी समेत दिए।

नाराका साथमा बृहत् नागरिक कार्यक्रम समेत आयोजना गरिएको छ। कार्यक्रमसँगसँगै कर वृद्धि विरूद्धको हस्ताक्षर संकलन जारी राखिएको छ। इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष नवराज चापागाईंले वृद्धि भएको कर नघटाएसम्म आन्दोलनका कार्यक्रम जारी हुने बताए ।

सुन्दरहरैँचा नगरपालिकाको १२औं नगरसभाबाट आव २०८०,८१ का लागि पारित आर्थिक ऐन, २०८० जनताका पक्षमा नदेखिएको सुन्दरहरैँचा नगरपालिकाका संस्थापक नगर प्रमुख शिवप्रसाद ढकाल बताए। उनले जनताको जीवनस्तरलाई कसरी सहज बनाउने, खस्कँदो व्यवसायलाई कसरी प्रोत्साहित गर्ने र आत्मनिर्भर बन्न नगरस्तरीय आन्तरिक उत्पादनको वृद्धि कसरी गर्ने भन्नेतर्फ ध्यान दिन आग्रह गरे। स्थानीय शिक्षासेवी तथा राजनीतिकर्मी महेश आचार्यले जनभावनाको कदर गर्दै कर सन्तुलित र जनप्रिय बनाउन सुझाव दिए।