काठमाडौं । वर्ल्ड एकाडेमी अफ साइन्सेस(ट्वास)ले नेपालका दुई वैज्ञानिकलाई परस्कृत गरेको छ । ट्वासको बिहीबार भएको भर्चुअल महासभामा नेपाल विज्ञान तथा प्रविधिक प्रज्ञा प्रतिष्ठान (नास्ट)की वरिष्ठ वैज्ञानक टिष्टा प्रसाईं जोशी र त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्रका सह प्राध्यापक विपिन दाहाललाई पुरस्कृत गरेको हो ।
प्रसाईंले ‘ट्वास समिरा ओमार इनोभेसन फर सस्टेनिविलिटी अवार्ड’ र दाहालले ‘ट्वास अट्टा उर रहमान अवार्ड’ प्राप्त गरेका छन् । ट्वासले प्रसाई र दाहालसहित ग्लोबल साउथमा रहि विभिन्न क्षेत्रमा अनुसन्धान गर्ने २५ वैज्ञानिकहरुलाई पुरस्कृत गरेको छ ।
ट्वासले विकासशील राष्ट्रमा विज्ञान तथा प्रविधिदेखि दिगो विकासका लागि अनुसन्धान र त्यसको प्रयोगमा उत्कृष्ट भूमिका खेल्नेहरुलाई पुरस्कृत गरिएको जनाएको छ ।
नेपालको भूमिगत पानी रहेको आर्सनिकको समस्या समाधान गरि खानेपानीको गुणस्तरमा भूमिका नेतृत्वदायी भूमिकाका लागि प्रसाईंलाई पुरस्कार प्रदान गरिएको ट्वासले जनाएको छ । पुरस्कारको राशी ४ हजार अमेरिकी डलर रहेको छ । सह प्राध्यापक दाहाललाई कार्बन क्वान्टम डट र त्यसको संरचनासहित कार्बन नानोमेटेरिएल्सको सिन्थेरिसमा योगदान गरेको भन्दै पुरस्कार प्रदान गरेको हो ।
जसले उर्जाको सरक्षण तथा वातावरण सुधारका लागि भूमिका खेल्छ । पुरस्कारको राशी ५ हजार अमेरिकी डलर रहेको छ । प्रसाईंले यसअघि ५० हजार अमेरिकी डलरको अर्लि करिएर वेमेन साइन्सिष्ट फेलोसिप प्राप्त गरेकी थिइन् ।
चीनबाट विद्यावारिधि गरेकी प्रसाईले काठमाडौंसहित देशका विभिन्न स्थानको पानीको गुणस्तर सुधारका लागि अनुसन्धान गर्दै आएकी छन् । प्रसाईले पुरस्कारले आफ्नो वैज्ञानिक करिअरमा महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । त्यसले पुरस्कारले आफ्नो अनुसन्धानको क्षमतालाई सशक्त बनाउने मात्रै नभइ युवा अनुसन्धानकर्ताहरुलाई विज्ञानको क्षेत्रमा सफलता प्राप्त गरे प्रेरित गर्ने बताएकी छन् । दक्षिण कोरियाको चोनबुक विश्वविद्यालयबाट दाहालले रसायनशास्त्र विद्यावारिधि गरेका छन् ।