Saturday, June 21, 2025

२०८२ असार ७, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नौबिसे–मलेखु सडक आइतबारदेखि पुनः दुई दिनका लागि रातको समयमा बन्द हुने


नौबिसे–मलेखु सडक आइतबारदेखि पुनः दुई दिनका लागि रातको समयमा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्ड भोलिदेखि पुनः दुई दिनका लागि रातको समयमा बन्द हुने भएको छ । आइतबारदेखि मङ्गलवार बिहानसम्म रातिको १० बजेदेखि बिहान तीन बजेसम्म दैनिक पाँच घण्टा बन्द हुने मुग्लीन–नारयणघाट सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाले जानकारी दिए ।

निर्माणाधीन अवस्थामा रहेको सडक खण्डमा बनेका नयाँ पुलहरूको गडर राख्नका लागि सडक खण्ड बन्द गरी काम गर्ने भएको हो । काठमाण्डौ आउने गाडीलाई मलेखु मझिमटार र वेनीघाटतर्फ रोकिने छ, भने नौबिसेबाट मलेखु जाने गाडीलाई बैरेनी, आदम घाटमा रोकिने छ । सडक बन्द भएको समयमा दमकल, प्रहरी र एम्बुलेन्स लगायत अत्यावश्यक गाडीहरु बाहेक अन्य गाडीहरु सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।