Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जगदम्बा स्टिल उद्योगको बिजुली लाइन काटियो


जगदम्बा स्टिल उद्योगको बिजुली लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जगदम्बा स्टिल उद्योगमा बिजुली लाइन काटेको छ। स्टिल उद्योगमा गएरातिदेखि बिजुली लाइन काटेको जगदम्बा स्टिलले जनाएको हो । प्राधिकरणले योसहित ६ वटा उद्योगहरूको लाइन काटेको छ। यसअघि रिलायन्स स्पिनिङ, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट लगायतका उद्योगका लाइन काटेको हो।

नेपाल विद्युत् प्राधिकरण र ६१ वटा उद्योग बिच डेडिकेटेड र ट्रंक लाइनको विद्युत् बक्यौताको विषयमा विवाद चल्दै आएको छ। प्राधिकरणले डेडिकेटेड लाइनको बक्यौता र जरिवाना समयमा नतिरेको कारण बत्ती काटेको जनाइएको छ। प्राधिकरणको हिसाबमा जगदम्बाले डेडिकेटेड लाइनको बक्यौता र थप २५ प्रतिशत जरिवानासहित १ अर्ब ६० करोड रुपैयाँ बुझाउन बाँकी छ।

२०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडसेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेका उद्योगहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ। प्राधिकरण र उद्योगी बिच विवाद चल्दै आएको छ। विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिसचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरेको छ।