Friday, November 29, 2024

२०८१ मंसिर १४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चीन र ईयूबीचको बद्दो तनावकाबीच चीनिया विदेशमन्त्री वाङ यीले भनेः


चीन र ईयूबीचको बद्दो तनावकाबीच चीनिया विदेशमन्त्री वाङ यीले भनेः

एजेन्सी । चीनका विदेशमन्त्री वाङ यीले चीन र युरोपेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् । हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोसँग टेलिफोनमा कुरा गर्दै उने ‘बेल्ट एण्ड रोड’ सहयोगका लागि चीनसँग अन्तरसरकारी सहयोग दस्ताबेजमा हस्ताक्षर गर्ने हङ्गेरी पहिलो युरोपेली देश भएको बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक विभागका सदस्यसमेत रहेका वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानको रणनीतिक मार्गदर्शनमा चीन र हङ्गेरीबीचको ‘बेल्ट एण्ड रोड’ सहकार्यले फलदायी परिणाम दिएको र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धका लागि राम्रो उदाहरण प्रस्तुत गरेको बताए ।

उक्त अवसरमा, चीन हङ्गेरी–सर्बिया रेलमार्गको सफल निर्माण सुनिश्चित गर्न र संयुक्त रूपमा चीन–हङ्गेरी व्यावहारिक सहयोगको सफल नमुना निर्माण गर्न हङ्गेरीसँग काम गर्न तयार रहेको वाङले बताए ।

चिनियाँ विद्युतीय सवारी साधनहरूमा ईयूको अनुदान विरोधी अनुसन्धानले अन्तर्राष्ट्रिय व्यापारको आधारभूत नियमहरूको उल्लङ्घन गर्दछ, जसले सम्भवतः विश्वव्यापी यातायात उत्पादनका औद्योगिक र आपूर्ति शृङ्खलालाई बाधा पु¥याउनेछ । सिजार्तोले हङ्गेरी र चीनबीचको बेल्ट एण्ड रोड सहकार्यले महत्त्वपूर्ण परिणाम हासिल गरेको र यसबाट हङ्गेरीलाई धेरै फाइदा भएको  बताए ।