काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु नियमित र दिगोरुपमा सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिद्वार्थ उद्योग वाणिज्य संघ रूपन्देहीले शनिबार भैरहवामा गरेको विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तरक्रियामा मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता जनाएका हुन् । नेपालकै मध्यभागमा रहेको र बुद्धजन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने बताए । उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्न आफू महिनामा २ पटक भैरहवा आउने बताए ।
अन्तर्राष्ट्रिय उडानहरु नियमित र दिगोरुपमा सञ्चालनका लागि सरकार प्रतिबद्धः मन्त्री पाण्डे