काठमाडौं । भारतको गुजरातमा एक निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा कम्तीमा ६ जना कामदारको मृत्यु भएको छ । तीन जना फसेको आशङ्का गरिएको छ । अहिलेसम्म ६ जनाको शव निकालिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
बीबीसीका अनुसार एक १९ वर्षीय बालकको जीवितै उद्धार गरिएको छ । गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिममा रहेको मेहसाना जिल्लाको काडी सहरको जसलपुर गाउँ नजिकै दिउँसो १२ बजेर ४५ मिनेट जाँदा पर्खाल भत्किएको हो । अनुसार निर्माणस्थलमा माटो खसेको कारण पर्खाल भत्किएको हो । मजदुरहरूले उक्त स्थानमा भूमिगत ट्याङ्कीका लागि खाल्डो खनेका थिए ।