Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालको व्यापार प्रवर्द्धनमा रुसले सहयोग गर्ने प्रतिवद्धता


नेपालको व्यापार प्रवर्द्धनमा रुसले सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं । नेपालको व्यापार प्रवर्द्धनका लागि रुसले सहयोग गर्ने भएको छ । नेपाल रुस चेम्बर अफ कमर्स र रुसका व्यापार आयुक्तबीचको छलफलमा नेपालको व्यापार प्रवर्द्धनका लागि रुसले सहयोग गर्ने भएको हो ।

नेपाल रुस चेम्बर अफ कमर्सका अध्यक्ष अशोक शेरचनसहितको टोलीले बिहीबार दिउँसो रुसका व्यापार आयुक्त एलेक्जेन्डर एल राइभससँग भेटघाट गरेको थियो। छलफलमा नेपालस्थित रुसी दूतावासका काउन्सिलर एन्ड्रेइ किसेलेन्नको र रुस निर्यात केन्द्रका प्रमुख टिमुर भेकिलोभ पनि उपस्थित थिए ।

छलफलमा अध्यक्ष शेरचनले नेपालमा पर्यटन, कृषि, उर्जा र व्यापारमा ठूलो संभावना रहेको भन्दै लगानीका लगि आग्रह गरेका थिए । उनले नेपालमा उर्जा, पर्यटन, व्यापार क्षेत्रमा लगानी अभिवृद्धि आवश्यक रहेको भन्दै यसबाट चाँडो प्रतिफल पनि आउने बताए । नेपाल र रुसबीच पुरानो सम्बन्ध छ ।

नेपालको प्रविधि क्षेत्रमा समेत लगानी गर्नुपर्ने भन्दै उनले व्यापार प्रवर्धनमा सहयोगका लागि आग्रह गरे । छलफलमा द्विराष्ट्रिय चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसमेत उपस्थित थिए ।