काठमाडौं, असोज ४। हिमालयन बैंकले आफ्नो ग्राहकहरूको माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई काठमाडौं, पोखरा, चितवनका लगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानहरूमा विशेष छुट दिने व्यवस्था गरेको छ। बैंकका ग्राहकहरूले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, ल्याव, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजम, लगायत अन्य स्थानहरुमा वस्तु खरिद तथा सेवा शुल्कमा भारी छुट पाउन सक्नेछन्।
बैंकले सम्बन्धित व्यवसायीसँगकोे सहकार्यमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर राख्दै अधिकतम २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। छुट सुविधा प्राप्त गर्न ग्राहकहरूले विल लिनुभन्दा पहिला नै आफू हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट , क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरूबाट निर्धारित छुट पाउने।हाल यो योजना १६० भन्दा बढी व्यवसायिक संस्थाहरूमा लागु भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभरी २०० वटा थप व्यवसायीमा विस्तार गरी आफ्ना ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य राख्यको छ।