काठमाडौं, असोज २ । एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिप्टी सामुहिक लगानी कोष योजनाको प्रतिफल (नगद लाभांश) घोषणा गर्ने भएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलको असोज १ गते सम्पन्न सञ्चालक समितिको १३२ औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले गत आर्थिक वर्ष २०७९,८० को मुनाफाबाट इकाईधनीहरुलाई कर सहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने प्रस्ताव गरिएको हो ।
प्रतिफल वितरण प्रयोजनार्थ दुबै योजनाहरुले असोज १२ गते शुक्रबार इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) मिति निर्धारण गरिएको छ । बुकक्लोज अनुसार असोज ११ गते बिहीबार सम्म नेप्सेमा इकाई कारोबार भइ कायम रहने इकाईधनीहरुले मात्र सम्बन्धीत योजनाहरुले वितरण गर्न प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सकिने छ।
अघिल्लो आव २०७८,७९ बाट एनएमबि हाइब्रिड फण्ड एल–१ र तथा एनएमबि फिप्टीले इकाइधनीलाई समान २१.०५२६ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गरेका थिए । दुबै योजनाले अघिल्लो आवको तुलनामा ६.०५२६ प्रतिशत कम लाभांश वितण गरेका हुन् । सेयर बजारमा आएको मन्दीका कारण अघिल्लो आवको तुलनामा लाभांश प्रस्ताव गरिएका अधिकांश म्युचुअल फन्डको प्रतिफलदर घटेको छ ।