काठमाडौंं, २० असार । लुम्बिनी प्रदेशसभा बैठक जेनेरेटरमा आगलागी कारण स्थगित भएको छ । सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि बुधबार प्रदेश सभाको बैठकको अवरोध हटेको थियो ।
बैठकको सुरुमा विशेष समय लिएर बोलेका मुख्यमन्त्री डिल्ली चौधरीले विपक्षीहरुले उठाएको विषय सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता बताए ।
त्यसपछि तुलसीप्रसाद चौधरी बोलिरहेका बेला विद्युत गयो । उनले सम्बोधन सकाएलगतै सभामुखले जेनेरेटरमा आगलागी भएकाले बैठक १० मिनेटलाई स्थगित गरेको बताए ।