Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युतीय सवारी आयात हालसम्मकै उच्च


विद्युतीय सवारी आयात हालसम्मकै उच्च

काठमाडौं । नेपाल विद्युतीय सवारी कार, जीप र भ्यान प्रतिको आकर्षण बढी रहेको छ । एक महिनामै ९१५ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो ।भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९,८० को ११ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । चालू आवको जेठ महिनासम्ममा कुल ३ हजार ८७० वटा विद्युतीय सवारी आयात भएको छ ।समिक्षा अवधिमा ११ अर्ब २३ करोड ७३ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको तथ्याङ्कमा उल्लेख छ । तर, जेठ महिनामा मात्रै ९१५ वटा थप इभी नेपाल भित्रिएको छ, जुन हालसम्मकै उच्च हो ।

गत बैशाख मसान्तसम्ममा भने ५०५ वटा मात्रै विद्युतीय सवारी आयात भएको थियो । बैशाखमा ८ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको कुल २ हजार ९५५ वटा विद्युतीय सवारी आयात भएको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट ल्याएको महिनामै विद्युतीय सवारीको आयात बढेको देखिएको छ । गत जेठ १५ गते सरकारले आगामी आवको बजेट ल्याएको थियो । नेपाल मात्र नभई विश्वका हरेक मुलुक इभिप्रति आकर्षित भएको अध्यक्ष थापाको भनाई छ । पछिल्लो समय विश्वमा बजारमा नै इभिको अत्याधिक माग रहेको उनले बताए ।

आधारमा दक्षिण एसियामै नेपालमा इभीको माग उच्च रहेको उनको भनाइ छ । ‘विद्युतीय सवारीमा आकर्षण बढ्नु स्वभाविक हो । नेपाल मात्र नभई भारत, चीन, युरोपियन मुलुकहरु र विश्वभर नै विद्युतीय गाडीप्रति चासो बढेको छ’–थापाले भने । सरकारले बजेट मार्फत नै विद्युतीय सवारी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थको परनिर्भरता घटाउनका लागि इभिलाई प्रोत्साहन गरिएको हो।

बजेट मार्फत १०० किलोवाटसम्म क्षमताका विद्युतीय सवारीमा पुरानै दर कायम गरिएको छ । तर, १०० देखि २०० किलोवाट क्षमताका विद्युतीय सवारीमा भने ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तस्शुल्कको व्यवस्था गरेको छ । भन्सार महसुल मात्रै थियो । यस्तै, २०० किलोवाटदेखि ३०० किलोवाटसम्म ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तस्शुल्क दर तोकिएको छ ।

३०० किलोवाटभन्दा माथिका विद्युतीय गाडीमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । पछिल्लो समय नेपालीहरुको विद्युतीय सवारीप्रति आम मानिसहरुको लहर नै चलेको नाडा अटोमोवाईल्स एशोसिएशनका सचिव अनुप कुमार बरालले बताएका छन् ।