Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेशनल हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट


नेशनल हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं, असोज ३ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ। कम्पनीले भदौ १३ गतेदेखि २४ गतेसम्म सर्वसाधारण समूहतर्फको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद शेयर शिलबन्दी बोलपत्रद्वारा खरिद गर्न आव्हान गरेको थियो।

सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ २९ गते खोली असोज २ गते बाँडफाँट गरेको हो। कम्पनीको शेयर बाँडफाँटको अन्तिम मूल्य अर्थात कटअफ प्राइस ११० रुपैयाँ रहेको छ।

सो मूल्यमा बोलपत्र पेश गरेका आवेदकहरुलाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले बताएको छ। बाँडफाँटको विवरण बिक्री प्रबन्धकको वेबसाइट बाट हेर्न सकिनेछ।