Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित


कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित

कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१—८२ को बजेट प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनअन्तर्गत आज बसेको २१ औँ बैठकबाट बजेट सर्वसम्मतले पारित भएको हो ।

सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीलाई ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’ को नियम १४७ को उपनयिम ५ बमोजिम ‘कर्णाली प्रदेश विनियोजन तथा आर्थिक विधेयक २०८१’ सहित समग्र बजेट पारितका लागि सभामा प्रस्ताव गर्न समय दिए ।

सभामुख गुरुङको निर्देशनअनुसार मन्त्री केसीले बजेट पारितका लागि सभामा प्रस्ताव गरे । बजेट पारितका लागि मन्त्री केसीले प्रस्ताव गरेसँगै सभामुखले प्रदेश सरकारको आगामी आव २०८१—८२ को ल्याएको रु ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सर्वसम्मतले पारित भएको घोषणा गरे । उनका अनुसार अर्को बैठक यही असार २३ गते दिउँसो ३ बजे बस्ने छ ।