Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल टेलिकमका निलम्बित निर्देशकद्धय पौडेललाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश


नेपाल टेलिकमका निलम्बित निर्देशकद्धय पौडेललाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई दश दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले दिए ।

गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सेक्युरिट प्रिटिन्ङ’ प्रकरणमा जोडिएका विकल र सुनिललाई पक्राउ गरेको थियो । उनीहरूलाई अकुत सम्पत्तिआर्जनको अनुसन्धान गर्न आयोगले बयानको लागि बोलाउँदा त्यसको उनीहरूले अवज्ञा गरेका थिए । त्यसपछि उनीहरु पक्राउ परेका हुन् ।