Tuesday, December 23, 2025

२०८२ पुष ८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घोडेपानीको पुनहिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज


घोडेपानीको पुनहिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीको पुनहिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज गरिएको छ।

पुनहिल पुगेका पर्यटकले त्यहाँ सञ्चालन भएको टी हाउसबाट पानी किनेर पिउनुपर्ने नियम छ। पुनहिल जाँदा थर्मसमा आफैँ तातोपानी बोकेर लैजान नपाएको पर्यटकले गुनासो गरेका छन् । घोडेपानीका स्थानीयले पुनहिल सञ्चालन गर्दा बनाएको वर्षौंदेखिको नियमलाई अहिले गाउँपालिकाले पनि कायम राखेको छ ।

घोडेपानीदेखि करिब ४५ मिटरको पदयात्रापछि पुगिने तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको भ्रमणमा जाने आन्तरिक एवं विदेशी पर्यटकले आफैँ तातोपानी बोकेर लैजान बन्देज गरिएको हो। कसैले पानी लिएर गएमा तीन हजार रुपियाँसम्म जरिबाना तोकिएको छ।

पानीको थर्मस, आगो बाल्ने ग्यासलगायतका सामग्री लैजान नपाइने सूचना पुनहिल प्रवेश गर्ने प्रवेशद्वारमा टाँस गरिएको छ । पुनहिलमा सञ्चालन गरिएको टी सपबाट नै पानी किनेर पिउनु पर्दछ । एक गिलास तातोपानीको मूल्य १३० रुपियाँ कायम गरिएको छ ।