Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो


साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१—८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको रिपोर्टअनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष ८७ करोड ९८ लाख रहेको थियो । साउनमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति लिनेको ३६ हजार ९२८ छ । यो महिनामा पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको साउनमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।