Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजार ५ अंकले बढ्यो


सेयर बजार ५ अंकले बढ्यो

काठमाडौं, सेयर बजारको परिसूचक नेप्से ५.१९ अंकले बढेको छ।परिसूचक बढ्दा कारोबार रकम भने घटेको छ। हिजो १ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १ अर्ब ७३ करोडको कारोबार भयो।

५ अंक बढ्यो सेयर बजार, कारोबार रकम घट्यो १६३ कम्पनीको मूल्य बढ्दा ६४ को घट्यो भने ६ को स्थिर रहृयो। जसमध्ये बैंकिङ ०.२१, विकास बैंक ५०, फाइनान्स १२, जलविद्युत् १८, जीवन बीमा १०, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा १५, अन्य ५ र ब्यापार उपसमूह ९ अंक बढे।

उत्पादन ५ र होटल तथा पर्यटन उपसमूह भने ४९ अंक घटे। सीवाईसी नेपाल लघुवित्त, सयपत्री हाइड्रोपावर र इनिफिनिटी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो। सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य ४.९ प्रतिशत बढ्यो। पिपुल्स पावर र मनकामना इन्जिनियरिङको मूल्य ५ प्रतिशत घट्यो।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, सिटिजन्स लाइफ इन्स्योरेन्स, सोल्टी होटल, एभरेस्ट बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहेका छन्।