काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् । आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबिच सूचना प्रविधि (आइटी) क्षेत्रमा संयुक्त लगानीका लागि बिहीबार आयोजित सम्झौता कार्यक्रममा मन्त्री भण्डारीले यस क्षेत्रमा लगानी भित्र्याउन आवश्यक सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको र लगानीकर्ताका लागि सकारात्मक वातावरण सिर्जना गर्न सरकार पनि तयार रहेको बताए । मन्त्री भण्डारीले वैदेशिक लगानीकर्तालाई प्रोत्साहन गर्दै सूचना प्रविधि क्षेत्रलाई प्रगति गराउन नेपाल सरकार तयार रहेको कुरामा जोड दिए । उनले यो सम्झौताले दुई राष्ट्रबिचको प्रविधि सम्बन्धमा नयाँ युगको सुरुवातको सङ्केत गरेको उल्लेख गरे ।
सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकताः आपूर्तिमन्त्री भण्डारी