Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दशैंका लागि खसी, बोका र च्याङ्ग्राको बिक्री सोमबारदेखि सुरु गर्ने


दशैंका लागि खसी, बोका र च्याङ्ग्राको बिक्री सोमबारदेखि सुरु गर्ने

काठमाडौं,खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले खसी, बोका र च्याङ्ग्रा खरिद सहुलियतमा बिक्री गर्ने भएको छ। कम्पनीका अनुसार यो वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिदको प्रक्रिया थालिएको थियो। खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा सोमबार बिहानदेखि काठमाडौं भित्रिने कम्पनीको सूचना अधिकारी शर्मिला सुवेदीले बताइन्।

यस वर्ष धादिङ, मकवानपुर र दाङबाट २ हजार हाराहारी खसी र बोका खरिद गरेर ल्याइँदैछ। दाङको तुलसीपुरबाट खरिद गरिएको खसी र बोका सोमबार बिहानसम्म काठमाडौं आइपुग्ने सुवेदीले बताइन्। यस्तै धादिङ र मकवानपुरबाट खरिद गरिएको खसी र बोका पनि कमाठमाडौं ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।

यस वर्षका लागि रसुवाबाट सहकारीद्वारा कम्पनीले १ हजार च्याङ्ग्रा खरिद गर्दैछ। जिल्लास्थित सहकारीहरुले उक्त च्याङ्ग्रा काठमाडौं पठाउन छलफल चलिरहेको कम्पनीले बताएको छ। काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रदेशिक कार्यालय थापाथलीबाट बिक्री गरिनेछ।

खसी, बोका र च्याङ्ग्राका लागि संस्थानले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ। कोरोना महामारी पनि पहिलो पटक यस वर्ष कम्पनीले च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ। गत ९ असोज नै सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरेर सर्वसाधारणलाई बिक्री गरिने खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा गरेको हो।