Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ब्लडमनीवापत् ५० लाख जम्मा भएपछि साउदी अरबमा फाँसीको सजाय सुनाइएका रामआशिष यादव घर फर्किने


ब्लडमनीवापत् ५० लाख जम्मा भएपछि साउदी अरबमा फाँसीको सजाय सुनाइएका रामआशिष यादव घर फर्किने

काठमाडौं । साउदी अरबमा फाँसीको सजाय सुनाइएका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ का रामआशिष यादवका परिवारलाई ब्लडमनी हस्तान्तरण गरिएको छ । पीडित पक्ष ब्लडमनीवापत् ५० लाख रुपैयाँ लिएर माफी दिन सहमत भएपछि यादव अब सकुशल घर फर्किने भएका छन् ।

साउदी अरबमा यादवसँगै बस्दै आएका रुपन्देहीको कञ्चन गाउँपालिका–४ का दुर्गाप्रसाद शर्मालाई छुरा प्रहार गरेर हत्या गरेको अभियोगमा यादव ५ वर्षदेखि साउदीकै जेलमा थिए । उनलाई अदालतले फाँसीको सजाय सुनाएको थियो ।

ब्लड मनी’ वापत् ५० लाख रुपैयाँ लिएर माफी दिन मृतकका परिवार तयार भएपछि यादवको फाँसीको सजाय पनि मिनाहा भएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ब्लड मनी संकलन गर्दै मृतकका परिवारसँग मिलापत्र गराउने अभियानको सुरु गरेका थिए ।