Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ट्याक्सी सञ्चालनको नयाँ मापदण्ड बन्दै


ट्याक्सी सञ्चालनको नयाँ मापदण्ड बन्दै

काठमाडौं । सरकारले ट्याक्सीलाई  तीन बर्गमा छुट्याएर  चलाउने भएको छ । हाल यातायात व्यवस्था विभागले जारी गरेको ट्याक्सीको रुपमा प्रयोग हुने सवारी  साधनको लागि २०८० को मस्यौदा तयार पार्दै मापदण्डनयाँ  तयार पारेको हो । विभागका अनुसार यो मापदण्ड नयाँ ट्याक्सीको रुपमा दर्ता हुने वा पुराना ट्याक्सीको संचालन अवधि समाप्त भई ती ट्याक्सीको सट्टामा दर्ता हुने नयाँ सवारीको हकमा यो व्यवस्थाको प्रस्ताव गरेको हो ।

प्रस्ताव गरिएको ट्याक्सी मापदण्डले ती वर्गमा ट्याक्सीलाई बर्गिकरण गरेको छ । जसमा साधारण अर्डिनरी, विशेष ,डिलक्स र विशिष्ट लक्जरी गरी तीन प्रकारमा वर्गीकरण गरेरै ट्याक्सीका फरक–फरक मापदण्ड र मूल्य तोक्ने उल्लेख गरिएको छ । यस्तैगरि ट्याक्सीको बर्ग अनुसार साधारण बर्गाको ट्याक्सीको भाडार नेपाल सरकारले तोकेको भाडादर बराबर हुने उल्लेख छ । त्यस्तै बिशेष अर्थात डिलक्स ट्याक्सीको भाडा साधारण वर्गको भन्दा २० प्रतिशत बढी हुने बताएको छ ।

बिशिष्ट अर्थात लग्जरी ट्याक्सीको हकमा भने साधारण ट्याक्सीको भन्दा १०० प्रतिशत बढी हुने बताएको छ । नयाँ मापदण्ड अनुसार ट्याक्सी खाली हुँदा हरियो बत्ती, खाली नहुँदा रातो बत्ती र सेवा नदिँदा सेतो बत्तीको संकेत दिनुपर्ने छ । ट्याक्सीले वर्ग छुट्याउने गरी स्टिकल राख्नुपर्ने छ । साधारण प्रकारका ट्याक्सी ८०० सीसी क्षमताका हुनुपर्ने छ भने बिद्युतमातर्फ ३० किलोवाट मोटर क्षमता हुनुपर्ने बताएको छ ।

डिलक्स ट्याक्सी १२ सय सीसी र ५० किलोवाटको हुनुपर्ने छ भने लग्जरी सेग्मेन्टका ट्याक्सी दुई हजार सीसी क्षमता र सय किलोवाट मोटर क्षमताका हुनुपर्ने उल्लेख छ । यो मापदण्ड देशैभरका ट्याक्सीको हकमा लागु गर्नेगरी प्रस्ताव अघि बढाएको छ ।