काठमाडौं, १ असार । जीडब्लूएम नेपालले विद्युतीय सवारी अल–इलेक्ट्रिक क्रसओभर ओरा–०३ को बिक्री खुला गरेको छ । ४७ लाख ४९ हजार रुपैयाँ मूल्य पर्ने उक्त गाडीको बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार जीडब्लूएम ओरा ०३ एक ग्लोबल मोडल हो, जुन चीन, थाइल्याण्ड, मलेसिया, बेलायत, जर्मनी, अष्ट्रेलिया र न्यूजील्याण्डमा विभिन्न नामका मोडल जस्तै गुडक्याट, फन्किक्याट र ओआरएका साथ पहिले नै बिक्री सुरू भइसकेको छ । पोर्शका भूतपूर्व डिजाइनर इमानुअल डेर्टाद्वारा डिजाइन गरिएको ओरा ०३ ईभी पूर्वव्यापी र आधुनिक क्रसओभर भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सौन्दर्यको हिसाबले ओरा ०३ को बाहिरी भागमा नरम रेखाहरू छन् । जसले ब्रान्डका अन्य मोडेलहरूलाई पनि चित्रण गर्छ र आधुनिक सुविधाहरूको साथ रेट्रो लुक हुँदा यसले पहिचानयोग्य पारिवारिक शैलीलाई समेत बलियो बनाउँछ ।