Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एभरेष्ट बैंकका ग्राहकले ओम अस्पतालमा विशेष छुट पाउने


एभरेष्ट बैंकका ग्राहकले ओम अस्पतालमा विशेष छुट पाउने

काठमाडौं, भदौ २८ । एभरेष्ट बैंक लिमिटेड र चाबहिलको ओम अस्पतालबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता गरेको छ । बैंकका सम्पूर्ण ग्राहकले उक्त अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउने सम्झौता भएको हो ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेको बताएको छ ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोग कर्ताका साथै कर्मचारी तथा तिनका पारिवारिक सदस्यले उक्त अस्पतालबाट आइपिडी–डायग्नोस्टिक्स, फार्मेसी र फिजियोथेरापीमा १० प्रतिशत छुट पाउने बताएको छ ।

त्यस्तै, दन्त सेवामा पाँच प्रतिशत छुट पाउने उल्लेख छ । सम्झौताका लागि आयोजित कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारीको उपस्थिति रहेको बताएको छ ।

बैंकले हाल देशभरमा एक सय २७ शाखा, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक सय ६२ एटिएम तथा ३२ राजस्व संकलन केन्द्रद्वारा सेवा दिँदै आएको बताएको छ ।