एजेन्सी । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन भएको छ । पहिलो पटक स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गर्दै पेरिसले कीर्तिमान बनाएको हो। उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको थियो । जहाँ विश्वका २०६ राष्ट्रका खेलाडीहरु विभिन्न शैलीका डुङ्गाहरु चढेर मार्सपासमा सहभागि भएका थिए ।
उनी ८५ वटा बोटमा चढेर करिब ६ किलोमिटर लामो परेडमा सहभागि भएका थिए । उद्घाटन समारोहमा चर्चित गायिक लेडी गागा, सेलियन डियोन लगायतले प्रस्तुती दिएका थिए । यस्तै फ्रेन्च फुटबल लेजेण्ड जिनेदिन जिदान, टेिनस स्टार राफायल नाडाल लगायत सहभागि थिए । पेरिस ओलम्पिकमा विश्वका १० हजार ७१४ खेलाडीले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । पेरिस ओलम्पिकको उद्घाटन समारोहअघि नै फुटबल, रग्बी सेभेन्ज, आर्चरी र ह्यान्डबलका प्रतिस्पर्धाहरु सुरु भइसकेका छन् ।