काठमाडौं । काठमाडौं महानगरपालिकाले आरके स्वीट्समा ताला लगाएको छ ।
महानगरपालिकाले जमिन मुनिको तलामा पसल सञ्चालन गरेको भन्दै ताला लगाएको हो ।
महानगरका सूचना अधिकारी बसन्त आचार्याले जमिन मुनिको तलामा कि त पार्किङ गर्नुपर्ने कि त गोदाम राख्नुपर्ने भएपनि सोही ठाउँमा मिठाइ पसल सञ्चालन गरेकाले ताला लगाएको जानकारी दिएका छन् ।
जमिन मुनिको ठाउँमा मानिसहरुलाई राखेर ख्वाउँदा सफोकेसन हुने जानकारी दिँदै उनले भने, ‘हामीले पहिलेदेखि नै हटाउँन भनेका थियौ । केही समय ताला लगाएर फेरि खोलेको पाइयो ।’
साथसाथै सो स्वीट्सको किचन फोहोर भएको पनि पाईयो यसरी जनताको स्वास्थयसँग नखेल्न सञ्चालकहरुलाई आग्रह पनि गरेका थियौं । यसरी नगर प्रहरीले बारम्बार सम्झाउँदा पनि नमानेपछि बाध्य भएर ताला लगाएको उनले जानकारी दिएका छन् ।