Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अर्थमन्त्री डा.महत जीईएफको उपाध्यक्षमा निर्वाचित


अर्थमन्त्री डा.महत जीईएफको उपाध्यक्षमा निर्वाचित

काठमाडौँ — ग्लोबल इनभ्यारमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औं विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् ।

गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । सम्मेलनमा देशको प्रतिनिधित्व गर्दै सहभागी मन्त्री महतले नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरिरहेको बताए ।

उनले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याको लागि पुग्ने पानीको स्रोत नेपालमा रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गराएका थिए । मन्त्री महतले नेपालले जैविक विविधताको संरक्षणमा इमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा संकटापन्न जंगली जनावर र प्रजातिको संरक्षण गरेको, सोको नतिजास्वरुप बाघ तथा गैंडाको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको बताए ।

जलवायु परिवर्तनले नेपाल विश्वको १० औं जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिवृष्टि सुक्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको मन्त्री महतले बताएका थिए ।