Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद


सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद

सर्लाही । सर्लाहीमा गत असार महिनामा मात्रै रु डेढ करोडभन्दा बढी मूल्यका भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले एक महिनामा रु डेढ करोडभन्दा बढि मूल्य पर्ने भन्सार छलिका गरेर ल्याइएका सामान बरामद गरेको जनाएको हो ।

सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले असार १ देखि ३१ गतेसम्म रु एक करोड ५७ लाख ७२ हजार चार सय ४१ रुपैयाँ बराबरका बिलविजक नभएका सामान बरामद गरेको जानकारी दिए । सामानहरू विभिन्न समयमा जिल्लाको नेपाल—भारत सीमा क्षेत्रबाट नेपालतर्फ ल्याउँदै गर्दा बरामद भएका थिए ।

बरामद सामाग्री चलन चल्तीअनुसार बजार मूल्य कायम गरी आवश्यक कार्वाहीको लागि भन्सारमा बुझाउने गरिएको श्रेष्ठले बताए। यसरी बरामद गरिएकामा किराना सामान, कुखुराका चल्ला, मेसिनरी तथा सवारीका पार्टपूर्जा, इलोक्टिोनिक्स सामान र लत्ताकपडा रहेका छन् । सामाग्री ढुवानीमा प्रयोग भएका सवारी साधनसमेत नियन्त्रणमा लिएर भन्सारमा बुझाएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।