Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चालू आर्थिक वर्षको पहिलो महिना नै १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो


चालू आर्थिक वर्षको पहिलो महिना नै १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं, भदौ ३१। चालू आर्थिक वर्षको महिनामा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको एक महिनाको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्ष रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो। साउन एक महिनामा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले बताएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको संख्या १२.१ प्रतिशतले घटेर ३९ हजार १५२ कायम भएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले घटेर १६ हजार ४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको हो।