Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री


३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री

काठमाडौं । अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । त्यहाँको संवैधानिक अदालतले ३० साउनमा मात्र प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको थियो ।

त्यसपछि सत्तारुढ फेउ थाइ दलले सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्‍यो । सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङत्रान तेस्रो व्यक्ति  हुन् । उनका बुवा थाक्सिन र फुपु यिंगलक सिनावात्रा प्रधानन्त्री भएका थिए ।

पेतोङत्रान भने सबभन्दा कम उमेरकी थाइ प्रधानमन्त्री समेत भएकी छन् । २००१ मा पहिलो पटक थाइल्याण्डको प्रधानमन्त्री भएका थाक्सिनले देशको राजनीति हल्लाएका थिए ।

सन् २००६ मा सेनाले शासन सत्ता हातमा लिएपछि उनले केही वर्ष निर्वासनमा बिताए । उनी गत वर्षमात्र देशमा फर्किएका थिए, जुन दिन फेउ थाई दलले सरकार बनाएको थियो । गत वर्ष भएको थाइल्याण्डको चुनाव त मुभ फरवार्ड पार्टीले जितेको थियो ।