Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लामो दुरीमा सवारी नयाँ बसर्पाकबाट सञ्चालन हुने


लामो दुरीमा सवारी नयाँ बसर्पाकबाट सञ्चालन हुने

काठमाडौं । अब देखि लामो तथा छोटा दूरीका सवारी नयाँ बसर्पाकबाट मात्र सञ्चालन हुने भएका छन् । काठमाडौं महानगरपालिकाले यो नियम लागू गरेसँगै लामा तथा छोटा दूरीका सवारी बसर्पाकबाट सञ्चालन हुने भएका हुन् । यातायात व्यवसायीले अव्यवस्थित यात्रालाई महानगरले व्यवस्थित गर्न खोजेको भन्दै यसमा समर्थन जनाएका छन् । अब लामा तथा छोटा दूरीका सवारीमा देखिएको समस्या बिस्तारै समाधान हुँदै जाने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए ।

टिकट काउन्टर बसपार्कमा मात्र रहने, तोकिएको ठाउँमा मात्र बुकिङ कार्यालय खोल्ने र प्रविधिको प्रयोग बढाएर अनलाइनमार्फत टिकट काट्ने व्यवस्था गरिने बताएको छ । केही यातायात व्यवसायीले महानगरको निर्णयको विरोध गरे पनि अन्य सबै सकारात्मक रहेको काठमाडौं महानगरका ट्राफिक विज्ञ जगतमान श्रेष्ठले बताएका छन् । शुक्रबार ५० प्रतिशत हाराहारी सवारी नयाँ बसपार्कबाट विभिन्न जिल्लाका लागि छुटिसकेको श्रेष्ठले बताए।

शनिबार यो संख्या बढेर ८० प्रतिशतसम्म पुग्ने अनुमान छ, काठमाडौंबाट कतै जाँदा १ हजार भाडा भएको ठाउँमा बिचौलियाले २५ सय रुपैयाँसम्म लिने गरेको भेटिएको छ, उनले भने, तर व्यवसायीको हातमा ८ सय मात्र पर्छ, महानगरको नीतिले बिचौलियाको ठग्ने प्रवृत्ति पनि नियन्त्रण हुने छ ।

महानगरको यस्तो नीतिले सर्वसाधारणदेखि व्यवसायीसम्मलाई सहयोग पुग्ने उनले बताए । महानगरले बिहीबार श्रेष्ठकै संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले यात्रुहरू बीचमा चढाउने, उतार्ने विषयमा उपयुक्त स्थान तोक्नेछ । उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गर्ने बताएको छ ।