काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाली समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रर्वद्धनमा सम्झौता भएको छ । दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा कोरिया भ्रमणमा रहेका मन्त्री भण्डारीले आज कोरियाको राजधानी सिओलमा आयोजीत एक समारोहका बीच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
मन्त्री भण्डारीले दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको महत्वपूर्ण अवसरमा गरिएको सो सम्झौताले दुई देश बीचको कुटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्धहरूमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न प्रतिवद्धता समेत व्यक्त गरे ।