Sunday, May 05, 2024

२०८१ बैशाख २३, आईतवार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

लगानी सम्मेलनलाई सफल बनाउनका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा छन्ः अर्थमन्त्री पुन


लगानी सम्मेलनलाई सफल बनाउनका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा छन्ः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनलाई सफल बनाउनका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा रहेको बताएका छन् । सोमबार काठमाडौंमा लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कुनै राजनीतिक दल, सरकार र गठबन्धन विशेषको लगानी सम्मेलन नभएकाले देशको हित हुने काममा सबै राजनीतिक दलहरू एक ठाउँमा रहेको जिकिर गरे । 

लगानी सम्मेलनमा सत्तापक्ष र प्रतिपक्ष भन्ने भाव नरहेको दावी गर्दै उनले उनले सत्तापक्ष, प्रतिपक्ष र कहिले गठबन्धनमा भए पनि वैदेशिक लगानी र आन्तरिक लगानीमा राजनीतिक दलहरूका प्रतिवद्धताहरू समान रहेको बताए ।

उनले सत्ता समीकरण परिवर्तन भएका बेलामा नेपाल देशको नीति परिवर्तन नभएको भन्दै लगानीका लागि सरकारले आवश्यक वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे । 

अर्थमन्त्री पुनले लगानीकर्ताहरूको प्रतिवद्धता व्यवहारमा देखाउने र नीतिको निरन्तरतामा विशेष जोड दिने पनि बताए । उनले नेपालमा रहेका लगानीकर्ताहरूको मनोबल उच्च  र उत्साहित भयो भने मात्रै अरु लगानीकर्ता आउने भएकाले सरकार त्यसमा लागिरहेको उल्लेख गरे ।