Thursday, August 28, 2025

२०८२ भाद्र १२, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मोरङ उद्योग व्यापार संघद्धारा सुनचाँदी आयात गर्दा लाग्ने भन्सार महसुल घटाउने निर्णयको स्वागतयोग्य


मोरङ उद्योग व्यापार संघद्धारा सुनचाँदी आयात गर्दा लाग्ने भन्सार महसुल घटाउने निर्णयको स्वागतयोग्य

काठमाडौँ । मोरङ उद्योग व्यापार संघले सरकारको सुनचाँदी आयात गर्दा लाग्ने भन्सार महसुल घटाउने निर्णयको स्वागतयोग्य रहेको बताएको छ । सरकारले हालै मार्बल, ग्रेनाइट, सुन तथा चाँदी र दाल आयात गर्दा लाग्ने भन्सार महसुल, अन्तःशुल्क तथा अग्रिम आयकरका दर घटाउने निर्णयको संघले स्वागत गरेको हो ।

‘मार्बल र ग्रेनाइटको भन्सार महसुल न्यूनीकरण तथा अन्तःशुल्क खारेज गर्ने सरकारको सो निर्णयले वर्षौंदेखि बन्द रहेका १७ भन्दा बढी स्वदेशी मार्बल र ग्रेनाइट उद्योग पुनः सञ्चालन हुने बाटो खुलेको छ,’ सोमबार संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले लगानीकर्ताको ठप्प रहेको पुँजी चलायमान हुने, स्वदेशी उत्पादकत्व अभिवृद्धि हुने, हजारौंले गुमाएको रोजगारी पुनर्जीवित हुने भएको छ ।’ विद्युत्को खपत अभिवृद्धि हुने र मुलुकको औद्योगिकीकरणमा सकारात्मक प्रभाव पर्ने पनि संघले जनाएको छ ।