Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगायो


भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगायो

कठमाडौं, भदौ ३ । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ। सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एण्ड कस्टमले शनिबार प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो। यो कर २१ डिसेम्बर २०२३ सम्म लागु हुने भएको छ। मूल्य वृद्धिबाट आफ्ना जनतालाई राहत दिन भारतीय सरकारले यस्तो निर्णय गरेको त्यहाँका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

भारतमा गत महिना मात्रै प्याजको मूल्य २० प्रतिशतले बढेको थियो। भारतमा प्याज केजीको २४ भारु परिरहेको छ। भारतमा अगष्ट महिनामा विगत एक दशक यताकै सुख्खायाम लागेकोले पनि उत्पादनमा कटौती भइरहेको छ। नेपालमा भारतबाट वार्षिक ६ अर्ब ७५ करोड बराबरको ताजा प्याज आयात हुन्छ भने ७ करोडको सुकाएको प्याज आयात भइरहेको छ।