काठमाडौं,भदौ ३ । सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सीआईबीले नै टुंगोमा पुर्याउने बताएका छन् । प्रधानमन्त्री दाहालको आव्हानमा बसेको सर्वदलीय बैठकपछि गृहमन्त्री श्रेष्ठले संसद्को अवरोध खुलाउने विषयमा आइतबारको छलफल सकारात्मक भएको बताएका छन् । संसद्को अवरोध खुलाउने विषयमा सर्वदलीय बैठक भएको छ ।
छलफल सकारात्मक दिशातिर छ, तर आज प्रमुख प्रतिपक्षी दलको नेता अस्वस्थताका कारण अनुपस्थित हुनुभएकाले ठोस् निष्कर्षमा पुग्न सकिएन, उनले सुन तस्करी प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्याउने दाबी गरे । मैले संसद्मा सम्बोधनमै यो विषय प्रष्ट राखिसकेको हुँ, हामी कहाँ यस्तो सांगठनिक अपराधमा अभियोजनकालागि ६० दिनको समय हुन्छ ।
त्यसमध्ये राजस्व अनुसन्धानले नै २० दिनको समय गुजारिसकेको छ । अब बाँकी रहेको ४० दिन हो, त्यसमा पनि सीआईबीले नै काम गर्ने यो प्रकरणलाई टुंगोमा पुर्याने ।