काठमाडौं । बंगलादेशले बीआरआई परियोजनाअन्तर्गत बनाइएको पहिलो हरियो मल कारखाना सुरु गरेको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नरसिङदी जिल्लामा एक समारोहमा देशको सबैभन्दा ठूलो र पहिलो हरियो मल कारखाना घोराशाल–पोलास युरिया उर्वरक परियोजना जीपीयूएफपीको उद्घाटन गरेकी हुन् ।
कारखानामा चाइना नेसनल केमिकल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कर्पोरेसन सेभेन लिमिटेडका करिब एक हजार चिनियाँ कर्मचारी छन् ।
सीसीजेडले आफ्नो जापानी साझेदार मित्सुबिसी हेभी इन्डस्ट्रिज एमएचआई सँगको सहकार्यमा बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० परियोजनालाई निर्धारित समयअनुसार सम्पन्न गर्न २०२० देखि काम गरेको थियो ।
८ लाख मेट्रिक टन युरिया र ५ लाख मेट्रिक टन एनहाइड्रस अमोनियाको अनुमानित वार्षिक उत्पादन क्षमताको साथ, राजधानी ढाकाबाट करिब ५१ किलोमिटर उत्तरपूर्वी नरसिङदी जिल्लामा रहेको कारखानाले बंगलादेशको बढ्दो माग पूरा गर्न मद्दत गर्ने अधिकारीहरूले बताए ।
उद्घाटन समारोहमा बोल्दै हसिनाले कार्बनडाइअक्साइड समात्ने यो बंगलादेशको पहिलो मल प्लान्ट हुने बताइन् । कैद गरिएको कार्बनडाइअक्साइडले पनि देशमा युरिया मलको उत्पादन १० प्रतिशतले बढाउन मद्दत गर्ने उनको भनाइ थियो ।