Sunday, August 03, 2025

२०८२ श्रावण १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट प्रदान गर्ने


महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट प्रदान गर्ने


काठमाडौं, भदौ १८ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, शृंगार, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी ग्राहकलाई छुट दिलाउने क्रममा नयाँ संस्थाहरूसँग सम्झौता गरेको छ । कम्पनीले पाँच संंस्थासँग छुटसम्बन्धी सम्झौता गरेको हो । सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बताएको छ ।

जस अनुसार जनकपुरधामको नवजीवन हस्पिटल प्रालिले हस्पिटल सेवामा १५ प्रतिशत, फार्मेसीमा ७ प्रतिशत र अन्य परीक्षणमा २० प्रतिशत छुट दिनुका साथै हस्टोमाइज्ड हेल्थ प्याकेज दुई हजार रुपैयाँमा प्रदान गर्ने उल्लेख छ ।

त्यस्तै, हेटौँडाको क्राउन्स कलेक्सनले वुमन एसेसरिजमा १० प्रतिशत छुट, भैरहवाको नियु बिजी विन्सले फुड एन्ड वेभरेजमा १० प्रतिशत छुट, मकवानपुरको मनहरीमा रहेको मनरही हेयर एन्ड ब्युटी युनिसेक्स सैलुनले १० प्रतिशत तथा काठमाडौंको कोटेश्वरमा रहेको हुक हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने बताएको छ ।